मेलबर्न । लुकेर रहेका प्रतिभाको खोजी र आफूभित्रको प्रतिभा पहिचानका लागि उपर्युक्त मञ्च प्रदान गर्ने उदेश्यले गत महिनादेखि मेलबर्नमा शुरु भएको मेलबर्न डबलीको दोस्रो श्रृंखलाको तयारी शुरु भएको छ ।

कार्यक्रमलाई अझ प्रभावकारी र आकर्षक बनाउँने क्रममा यसपटकको मेलबर्न डबलीमा स्वादिलो नेपाली मःमको आकर्षण थपिने भएको छ । वफिलो र स्वादिलो परिकारका रुपमा नेपालीहरुबीच लोकप्रिय मःम मेलबर्न डबलीको दोस्रो श्रृंखलाको विशेष आकर्षण हुनेछ । मःम म्याजिक नाइट सहितको मेलबर्न डबलीको आगामी दोस्रो श्रृंखला जुन २६ तारिख आइतवारका लागि तय भएको आयोजक सोलाङ्चरले जनाएको छ ।

द थनबरी थियटरमा हुने कार्यक्रम अपरान्ह ३ बजेदेखि शुरु हुनेछ । कार्यक्रममा जोसुकैले पनि कुनै विधाका प्रस्तुति प्रस्तुत गर्न सक्नेछन् ।

Comments

comments