एजेन्सी । मंगल ग्रहमा पहिला जीवन रहेको तर पछि आणविक विस्फोटका कारण जीवन समाप्त भएको पत्ता लागेको वैज्ञानिकहरुले दाबी गरेका छन् ।

विशाल आणविक विस्फोटका कारण मंगल ग्रहमा पूरै जीवन समाप्त भएको कस्मोलोजीको पत्रिकामा प्रकाशित एक रिपोर्टमा डा. जोन ब्राडेन्बर्गले दावी गरेका छन् ।

डा. जोन ब्राडेन्बर्ग भन्छन् ‘अहिलेसम्म प्राप्त भएका तथ्यांक अनुसार मंगल ग्रहमा, युरेनियम र थोरियम अत्यधिक मात्रामा भेटिएका छ र त्यो केवल आणविक प्रतिक्रियाबाट उत्पादन हुने गर्दछ ।

Mars_Mapयी टुक्राटुक्री प्रमाणहरूले आणविक विस्फोट भएको र उक्त ग्रहमा जीवन समाप्त भएको भन्ने कुरातिर संकेते गर्छ ।

अझ धेरै महत्वपूर्ण कुरा के छ भने, यती धेरै मात्रमा युरेनियम र थोरियम हालको समयसम्म ग्रहमा परेको थिएन ।

Comments

comments