सिडनी । नेपाली विद्यार्थीहरुलाई लक्षित गरि अष्ट्रेलियाको सिड्नीमा एजुकेसन फेयर हुने भएको छ ।

एजुकेसन फेयरको मूख्य उदेश्य आगामी जुलाईदेखि अष्ट्रेलियन सरकारले गर्न लागेको शैक्षिक नीति परिवर्तनबारे जानकारी दिनेु रहेको आयोजकले बताए । यही जुन २१ तारिख मंगलबार दिउँसो १२ देखि ४ बजेसम्म लेवर ६,२६३ क्लीयरेन्स स्ट्रीट, सिड्नीमा यो फेयर हुन लागेको हो ।

अष्ट्रेलियामा एक दशक भन्दा अघिदेखि एजुकेसन र माइग्रेसनको क्षेत्रमा काम गर्दै आएको एक्सपर्ट एजुकेसन र माइग्रेसन भिसा सर्भिसेजको आयोजामा यो फेयर हुन लागेको हो । फेयरमा नयाँ भिसा प्रक्रिया, जुलाई पछि र अघि भिसा थप गर्दा हुने फाइदा, निः शुल्क शैक्षिक परामर्श, पिटिई अंग्रेजी टेष्टको नमुना परीक्षा र एक दर्जन भन्दा बढी शैक्षिक संस्थाका प्रतितिधिहरुसँग प्रत्यक्ष प्रश्न उत्तर गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले बताए ।

फेयरको बारेमा जानकारी दिन यही शुक्रबार पत्रकार सम्मेलन गर्ने आयोजकको तयारी छ ।

Comments

comments