एजेन्सी। अस्ट्रेलियाको पुर्वतटिय क्षेत्रमा आएको तुफानका कारण कम्तीमा पनि ३ जना मानिसहरुको मृत्यु भएको छ ।

त्यस्तै धेरै मानिसहरु बेपत्ता भएका छन् । अझै पनि अस्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया र तस्मानियामा आधी आइरहेको जनाइएको छ । वर्षाका कारण नदीमा बाढी आएको छ भने तीब्र हावाका कारण रुखहरु ढल्दा सर्वसाधारण त्रसित बनेका छन् । तास्मानियामा भीषण वर्षापछि नदीमा बाढी आउने तगा मानवबस्ती डुबानमा पर्ने चेतावनी दिइएको छ । एक व्यक्ति उज नदीमा बगेको, तास्मानियाको उत्तर पश्चिम इलाकामा एक महिला बेपत्ता भएको तथा सिड्नीमा बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य जारी रहेको उद्धारकर्मीले जनाएका छन् ।

द इन्स्योरन्स काउन्सिल अफ अस्ट्रेलियाले क्वीसल्याण्ड र न्यु साउथ वेल्समात्रै ३८ मिलियन डलर भन्दा बढी नोक्सानी भएको भन्दै बिमा रकम मागेको आवेदन प्राप्त भएको जनाएको छ ।

उत्तरी तास्मानियाले दशकौ यताकै सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको अधिकारीहरुले बताएका छन् ।

Please follow and like us:

Comments