काठमाडौं । संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलको प्रस्तावमा प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय सम्मान दिन लागिएको हो ।

भोलि बस्ने क्याविनेट बैठकले गुरुङलाई थप के के सम्मान दिने भन्ने बारे भने निर्णय गर्ने बताइएको छ । गुरुङको योगदानको कदरस्वरुप राष्ट्रिय सम्मान दिने निर्णय गरेर यसको लागि गृह मन्त्रालयलाई आदेश दिइसकिएको सरकारका एक मन्त्रीले बताए । उनका अनुसार नेपाल प्रहरी र सैनिक टुकडीले सलामी दिने छ ।

गुरुङको पार्थिव शरीरलाई प्रज्ञा भवन कमलादीमा श्रद्धान्जलीको लागि राखिएको छ । उहाँको आजै अपरान्ह पशुपतिमा बौद्ध र हिन्दू परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिने छ ।

Comments