एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावका लागि हिलारी क्लिन्टनको उम्मेदवारी पक्का भएको छ ।

उम्मेदवार बन्ने होडमा रहेकी क्लिन्टनले आवश्यक प्रतिनिधि संख्या पूरा गरेपछि उम्मेदवारी पक्का भएको हो । डेमोक्रेटिकको तर्फबाट उम्मेदवार बन्न चाहिने २३ सय ८३ प्रतिनिधिको समर्थन क्लिन्टनले पाएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

डेमोक्रेटिकको तर्फबाट क्लिन्टनसँगै बर्नी सान्ड्रेस उम्मेदवारीको होडमा छन् । तर क्लिन्टनले आवश्यक मत पूरा गरेकाले उनी नै उम्मेदवार बन्ने लगभग पक्का भएको एपीले उल्लेख गरेको छ ।

क्लिन्टन कुनै पनि प्रमुख अमेरिकी पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला हुनेछिन् ।

Comments

comments