काठमाडौं । स्वास्थ्यमा समास्या आएपछि एक सातादेखि उपचारत राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङलाई श्रद्धाञ्जली दिएकोप्रति भारतले माफी मागेको छ ।

सोमबार बिहान केही नेपाली सञ्चार माध्यमहरुले निराधार तथा गलत समाचर सम्प्रेषण गरेपछि नेपालस्थित भारतीय दूतावासले वरिष्ठ संगीतकार गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो । तर, गुरुङको उपचार भइरहेको तथ्य खबर आएपछि दूतावासले माफी मागेको हो ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै माफी मागेको भारतले गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्ने आफ्नो कार्य प्रति पछुतो लागेको जनाएको छ । सञ्चार माध्यमको भर पर्दा गल्ती हुन पुगेको प्रष्टीकरण दिएको दूतावासले गुरुङको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

Comments