काठमाडौं । स्वास्थ्यमा समस्या आएर केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङलाई काठमाडौंस्थित लैनचौरमा रहेको भारतीय दूतावासले श्रद्धाञ्जली दिएपछि सर्वत्र आलोचना हुन थालेको छ ।

जिउँदो व्यक्तिलाई मृत घोषणा गरेका ठूलो भनिएका मिडियाहरुको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला भारतकै दूतावासले श्रद्धाञ्जली दिएर यो विषयलाई झन् गरम बनाइदिएको छ ।

भारतीय दूतावासले दिउँसो १ बजेर ४२ मिनेटमा गुरुङलाई श्रद्धाञ्जली दिएको थियो । उसले ट्वीटमा लेखेको थियो( ‘भारतीय दूतावास नेपालका संगीतकार अम्बर गुरुङको दुखद् निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गर्दछ ।’ जिवितै रहेका गुरुङलाई श्रद्धाञ्जली दिएपछि नेपाली ट्वीटर प्रयोगकर्ताले दूतावासको कडा आलोचना गर्दै तुरुन्त ट्वीट हटाउन (डिलिट गर्न) माग गरेका थिए ।

Indian-Embassy-650x257ट्वीटरबाटै कडा आलोचना भएपछि दूतावासले ट्वीट गरेको झण्डै २० मिनेटपछि दिउँसो २ बजेर २ मिनेटमा श्रद्धाञ्जली दिएको ट्वीट डिलिट गर्यो ।

स्रोतको भरपर्दा कान्तिपुर जस्तो मिडिया डन समेत लज्जित भैरहेको बेला भारतीय दूतावासले यसैलाई निरन्तरता दिएको हो । कान्तिपुर लगायतका मिडियाहरुले पनि मध्यान्ह १२ बजेसम्ममा गुरुङको निधनबारेको खबरप्रति क्षमा मागिसकेका थिए । तर त्यसको झण्डै २ घण्टापछि भारतीय दूतावासले गुरुङलाई श्रद्धाञ्जली दिएको थियो ।

भारतीय दूतावासले दिउँसो आफ्नो आधिकारिक ह्याण्डलबाट ट्वीटै गरेर जिवितै रहेका गुरुङलाई श्रद्धाञ्जली दिएको हो ।

भोजन नली र रक्तचापलगायतका समस्यासँग जुधिरहेका गुरुङको केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

ग्राण्डी अस्पतालकाका अनुसार संगीतकार गुरुङको अवस्था निकै नाजुक रहेको र औषधिका आधारमा उनको स्वास्थ्यस्थिति स्थिर राखिएको छ ।

Comments

comments