मेलबर्न । नेपालीहरुको ठूलो चाड दशैं आउँन झण्डै पाँच महिना बाँकी छ । तर अष्ट्रेलियाको मेलबर्नमा भने अहिलेदेखि नै दशैं मनाउँने सुरसार शुरु गरिएको छ ।

दशैंको अवसरमा आयोजना गर्ने तयारी भैरहेको दशैं साँझको घोषणा गरेर नमस्ते इभेन्टस्ले अहिलेबाटै दशैंको महोल बनाउँन थालेको हो ।

मेलबर्नमा हुने यो कार्यक्रममा प्रसिद्ध हाँस्यव्यंग्य कलाकार मनोज गजुरेल र गायिका इन्दिरा जोशीको लाइभ प्रस्तुति रहने बताइएको छ । आगामी सेप्टेम्वर २५ तारिखका लागि मिति समेत घोषणा गरिएको दशैं साँझबारे अरु विस्तृत विवरण भने क्रमश पछि दिदै जाने आयोजकले जनाएको छ ।

Comments

comments