काठमाडौं । राष्ट्र गानका सर्जक वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनको खबर यतिखेर सर्वत्र छाएको छ । केही जिम्मेवार मिडियाहरुले नै गुरुङको निधन भएको खबर संप्रेषण गरेको छ ।

तर ग्राण्डी हस्पिटलले भने यसको खण्डन गरेको छ । हस्पिटलका प्रवक्ता डा विनोद अधिकारीले गुरुङको भेन्टिलेटरमा उपचार जारी नै रहेको बताउँदै उहाँको पल्स अझै सुचारु रहेको बताउँनुभयो । गुरुङको स्वास्थ्य अवस्था भने स्थिर रहेको उहाँले बताउँनुभयो ।

Please follow and like us:

Comments