काठमाडौं । आफ्नी पूर्व श्रीमतीको अश्लिल भिडियो खिचेर पोर्न साइटमा राख्ने एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनी अष्ट्रेलियाबाट नेपाल फर्केका युवक हुन् । नवलपरासीका युवराज अधिकारीलाई आफ्नो पूर्व श्रीमतीको सेक्स भिडियो पोर्न साइटमा राखेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीकै कारण अष्ट्रेलिया छाड्नुपरेको बदला लिन उनले फेसबुक र पोर्नसाइट मार्फत श्रीमतीको अश्लिल भिडियो सार्वजनिक गरेको स्वीकारेका छन् । सम्बन्ध राम्रो भएका वेला उनले श्रीमतीलाई थाहै नदिई केही गोप्य भिडियो खिचेका थिए । तिनै भिडियो उनले पोर्नसाइटमा अपलोड गरिदिएका हुन् । ती भिडियोलाई पूर्वपत्नीको नाममा नक्कली फेसबुक आइडी बनाएर त्यसबाट उनले सेयर समेत गरेका थिए ।
फेसबुकमा अश्लील भिडियोका लिंक सेयर भएपछि त्यो भइरल भयो । त्यो खबर युवराजकी पूर्वपत्नीले पनि आफ्ना साथीमार्फत थाहा पाइन् । र, युवराजलाई फोन गरेर सोधखोज गरिन् । तर, आफूलाई केही थाहा नभएको बताएर उनी पन्छिए ।

पोर्नसाइटमा अश्लील भिडियो राखिएको कुरा नेपालमा रहेका परिवारजनले पनि थाहा पाए । त्यसपछि उनीहरू महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगे । महानगरीय अपराध महाशाखाले विस्तृत अनुसन्धान गर्दा युवराजले नै पोस्ट गरेको खुल्यो । प्रहरीले उनलाई शुक्रबार उनी पक्राउ गर्यो ।

प्रहरीले युवराजमाथि आइतबार विद्युतीय कारोबार ऐनअनुसार अदालतमा म्याद थप गरी कारबाही अघि बढाएको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार प्रतिशोधकै लागि उनले पूर्वपत्नीसँगका अश्लील भिडियो र फोटो पोस्ट गरेको खुलेको छ ।

अस्ट्रेलियाको भिसा लागेपछि ‘पेपर म्यारिज’ गरी प्रेमिकालाई पनि ‘डिपेन्डेन्ट’ भिसामा लिएर उनी अष्ट्रेलिया गएका थिए ।

अष्ट्रेलिया पुगेर धुमधामसाथ बिहे गरे । करिब दुई वर्षको अष्ट्रेलिया बसाइपछि सम्बन्धमा दरार आउन थाल्यो । दैनिक झगडा हुन थालेपछि उनीहरू सम्बन्ध–विच्छेद (डिभोर्स) गर्ने निर्णयमा पुगे ।

युवराज नेपाल फर्किनुपर्ने भयो । उनी मन नहुँदा–नहुँदै नेपाल फर्कन बाध्य भए । जसका कारण पूर्वपत्नीमाथि प्रतिशोध लिने निर्णयमा पुगेर यस्तो हर्कत सम्म गरेको उनले स्वीकारे ।

Comments

comments