काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि विश्व नम्बर एक नोभाक जोकोविचले जितेका छन् ।

सर्बियाका जोकोविचले विश्व नम्बर दुई बेलायती एण्डी मुर्रेलाई पराजित गर्दै पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् । उनले मुर्रेलाई ३–६, ६–१, ६–२ र ६–४ को सेटमा हराएका थिए । मुर्रेले पहिलो सेट जितेपनि अरु सेटमा पराजित भए ।

जोकोविच यसअघि तीन पटकसम्म उपविजेतामा सीमित भएको थिए । अहिलेसम्म ६५ वटा उपाधि जितेका जोकोविचको यो १२ औं ग्राण्डसलाम उपाधि हो । यो जितसँगै जोकोविचले टेनिसका प्रमुख चार प्रतियोगिता फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन, विम्बल्डन र युएस ओपनमा उपाधि जितेका छन् ।

उनी यसरी चार प्रमुख टेनिस प्रतियोगितामा एकल तर्फको उपाधि जित्ने आठौं पुरुष खेलाडी हुन् ।

Comments

comments