बनेपा । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले गुन्डा र ‘डन’ भन्ने कसैलाई नछोड्न निर्देशन दिनुभएको छ ।

आइतबार काभ्रेको धुलिखेलमा नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले देशमा ब्याप्ता गुन्डागर्दी नियन्त्रणका लागि कडाइका साथ प्रस्तुत हुन मातहतका प्रहरीलाई निर्देशन दिनुभएको हो । अपराध र गुण्डागर्दीमा संलग्न सबैलाई निर्मुल पार्न उहाँले कडा निर्देशन दिनुभयो । गुन्डाहरुलाई ‘डन’ नभनि अपराधी भन्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । त्यसले गर्दा उनीहरुको आत्मबल घटने र अपराध नियन्त्रण हुने शर्माको विश्वास थियो ।

कार्यक्रममा बोल्दै निमित्त प्रहरी महानिरीक्षक शर्माले स्थानीय सरकार नहुँदा प्रहरीलाई दोहोरो लोड परिरहेको पनि बताउँनुभयो ।

Comments

comments