मेलबर्न । हङ्गेरीमा हुने अन्तरराष्ट्रिय नेचुरल फिटनेस मोडल प्रतियोगितामा अष्ट्रेलियाबाट तीन जना नेपालीले सहभागीता जनाउँदैछन् ।

हङ्गेरीको बुढापेस्टमा हुन लागेको प्रतियोगितामा अष्ट्रेलियाबाट सन्तोषकुमार श्रेष्ठ, प्रकृति श्रेष्ठ र संजिव चौधरी सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । तीनैजना प्रतियोगीहरुलाई विदाइ र शुभकामना दिन नेपाली अष्ट्रेलियन युथ यसोसिएसन नयाले आइतवार सिड्नीमा एक विशेष कार्यक्रमको आयोजना गर्यो । एभरेस्ट फङ्सन सेन्टर कोग्रामा सम्पन्न उक्त कार्यक्रममा अष्ट्रेलियाका बिभिन्न राज्यबाट आएका विशिष्ट महानुभावहरू, पत्रकार, र एनआरएन अष्ट्रेलियाका पदाधिकारीहरु सहभागी थिए ।

आयोजक नयाले यति ट्राभल्सको सौजन्यमा एउटा प्रतियोगीका लागि रिटर्न हवाई टिकटको ब्यबस्था गरिदिएको छ । यस्तै आइतवारको कार्यक्रमबाट संकलित सहयोग रकम पनि प्रतियोगीहरुलाई हस्तान्तरण गरिएको थियो ।

Comments

comments