मेलबर्न । नेपाली चलचित्र बाटोमूनिको फूल २ मेलबर्नमा पुनः प्रदर्शन हुने भएको छ ।

मेलबर्नबाटै प्रिमियर गरिएको बाटो मूनिको फुल २ दर्शकहरुको अनुरोधमा सोमबार पुनः मेलबर्नमा प्रदर्शन हुने भएको हो । अभिनेता तथा मेलबर्नका व्यवसायी भीम न्यौपानेको व्यवस्थापनमा यो चलचित्रको पुनः प्रदर्शन गर्न लागेको हो । यो चलचित्रको प्रदर्शनी मेलबर्नको सिटीस्थित चाईना टाउन हलमा सोमबार साँझ ६ बजेबाट शुरु हुनेछ ।

साथै आगामी जुन १२ तारिखका दिन पर्थमा समेत बाटोमूनिको फूल चलचित्र प्रदर्शन गर्ने तयारी भएको छ । चलचित्रमा नेपालमा अझै विद्यमान रहेको छुवाछुतका साथै राजनीतिक प्रसँगहरुलाई देखाइएको छ ।

सुवर्ण थापाले निर्देशन गरेको यो चलचित्रमा यशकुमार,बाबु बोगटी, दिलिप रायमाझी, ऋचा शर्मा, आशिष्मा नकर्मी लगायतको अभिनय छ ।

Comments

comments