काठमाडौं । आइतबार विश्व वातावरण दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरि मनाईंदैछ ।

‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन : संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ सरकारी र गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रम गर्दैछन् । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

विश्व वातावरण दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ताका लागि जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई संरक्षण र सम्बद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले नेपालजस्तो अल्पविकसित मुलुकमा वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन निकै चुनौतीपूर्ण रहेको भन्दै वातावरण संरक्षण, दिगो व्यवस्थापन र विकासलाई एकैसाथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

मानवमात्रको हितका लागि प्राकृतिक स्रोतको प्रयोग गर्दा भावी पुस्ताको स्रोतमाथिको अधिकारलाई पनि ख्याल गर्नुपर्ने प्रधानमन्त्रीको ओलीको भनाई छ ।

Comments

comments