काठमाडौँ । बिद्रोही संगठन बोको हरामको आक्रमण परि नाइजरमा ३२ जना सुरक्षाकर्मीको ज्यान गएको छ । बोको हरामले नाइजेरियासँग सीमा जोडिएको नाइजरको दक्षिणपूर्वी बजार बोस्सोमा आक्रमण गरेको हो ।

आक्रमणमा परि ज्यान जानेमा नाइजरका ३० र नाइजेरियाका दुई जना सुरक्षाकर्मी रहेको नाइजरको रक्षा मन्त्रालयले जनाएको छ । गएको वर्षको अप्रिलमा ७४ जनाको ज्यान जाने गरि भएको आक्रमण पछिको यो नाइजरमा भएको सबै भन्दा ठूलो आक्रमण हो । बोस्सो बजारबाट बोको हरामका लडाकुलाई हटाउन स्थल तथा हवाई सेना प्रयोग गरिएको र अहिले अवस्था नियन्त्रणमा रहेको नाइजरको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

आर्मीको पोस्टलाई लक्षित गरि भएको आक्रमणमा अन्य १५ जना घाइते भएका छन् । घाइते हुनेमा नाइजेरियाका ८ तथा नाइजरका सात जना छन् । बोको हरामले भने ३५ जना सुरक्षाकर्मी मारिएको तथा ७० जना घाइते भएको दाबी गरेको छ । बोस्सो बजारमा बोको हरामको हिंसाका कारण विस्थापित भएका आन्तरिक शरणार्थीको बसोबास धेरै छ ।

चाड, क्यामरुन, नाइजेरिया बेनिन तथा नाइरले बोको हराम विद्धको कारवाही अभियानका लागि ९ हजार भन्दा धेरै सैनिक घटाएका छन् । नाइजेरियामा बोको हरामले सन् २००९ देखि सुरु गरेको हिंसात्मक आक्रमणका कारण अहिलेसम्म २१ लाम मानिस विस्थापित भएका छन् भने हजारौं मानिसको ज्यान गइसकेको छ ।

Comments