काठमाडौँ । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादवबीच जग्गाको कम्पाउण्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन्।

झडपमा परेर टाउकोमा चोट लागेका रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको छ ।

झडपमा परी वृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन्। राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका निर्वाचित सभासद हुन्। प्रहरीले रायको साथबाट एक थान १२ बोर बन्दुक बरामद गरेको छ।

Comments