काठमाडौं । नेपालमा कपिराइटको कुरा वेला वेलामा वहसको रुपमा चल्दै आएको छ । तर पाइरेशी गर्ने विरुद्ध कडा सजायँको अभावमा पाइरेशी गर्नेहरुको मनोबल बढदै गएको धेरैको गुनासो छ ।

निर्माता तथा निर्देशक एवम् अभिनेता भुवन केसीले आफ्नो फिल्मलाई अनाधिकृत रुपमा चोरी गर्नेहरु विरुद्ध गतिलो जरिवाना गराएर राम्रो पाठ सिकाएका छन् । फिल्म ड्रिम्सलाई अनाधिकृत रुपमा युट्युव मार्फत सार्वजनिक गरेको भन्दै भुवनले एक करोड क्षतिपूर्ति माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । उनकै उजुरीको आधारमा प्रहरीले हाइलाइट्स रेकर्डस्का दुई जनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा यसमा हाइलाइट्स रेकर्डस्कै संलग्नता रहेको पाइएपछि प्रहरीले २५ लाख रुपैयाँ भुवनलाई क्षतिपूर्ति दिन लगाएको हो ।

भुवन र हाइलाइट्सबीच ३ महिनाभित्र २५ लाख जरिवाना रुकम दिने सहमति भएपछि यो प्रकरणको अन्त्य भएको छ ।

Comments