आज अंग्रेजी महिना अगस्टको पहिलो आईतबार ईन्टरनेसनल फ्रेण्डसीप डे, विश्वभरका युवापिढीले यो दिवस मनाउँदैछन् ।

सन् १९५८ मा दक्षीण अमेरिकी राज्य पारागुवेबाट सुरु भएको फ्रेण्डसीप डे अहिले विश्वभर मनाईँदै छ । आफ्नो नजिकको साथीलाई फ्रेण्डसीप ब्रासलेट बाँधि दिएर सुरु भएको यो दिवस सामाजिक सञ्जालहरुबाट अझ लोकप्रिय बन्दै गएको छ । सन् १९३० मा हलमार्क कार्डका संस्थापक जोएस हलले फ्रेण्डसीप डेको सुरुवात गरेतापनि यस दिवसलाई विश्वव्यापी बनाउने श्रेय भने पारागुवेका डाक्टर अर्टेमियो ब्राकोलाई जान्छ ।

आजको दिन साथीभाइमा आफूहरुको मित्रता अझ दरिलो र बलियो बनाउँने कामना सहित  शुभकामना कार्ड लगायत आदान प्रदान गर्ने चलन रहेको छ । विशेष गरी युवा वर्गमा केन्द्रित यो दिवसलाई सम्झनायोग्य बनाउँन साथीभाइसँग घुम्न जाने रमाईलो गरी मनाउने गरिन्छ ।

Comments

comments