काठमाडौं । हेभिवेट बक्सिङका पूर्व विश्व च्याम्पियन मुहम्मद आलीको ७४ वर्षको उमेरमा निधन भएको छ ।

पार्किन्सन रोगबाट पीडित आलीलाई गत विहीवार अस्पातल भर्ना गरिएको थियो । अमेरिकाको अरिजोनामा रहेको ए अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतलाई उधृत गर्दै उनको प्रवक्ताले सञ्चार माध्यमहरुलाई बताए । पछिल्लो समय उनको श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको बताइएको छ ।

मुहम्मदको अन्तिम दाहसंस्कार उनकै गृह नगर केन्टुकीमा हुने पारिवारिक स्रोतले जनाएका छन् ।

सन् १९६० को रोम ओलम्पिककमा लाइट हेभिवेटमा स्वर्ण पदक जितेपछि मुहम्मद विश्व खेल क्षेत्रमा उदाएका थिए । सन् १९६४ मा तत्कालीन च्याम्पियन सोनी लिष्टनलाई पराजित गर्दै उनले पहिलोपटक विश्व च्याम्पियनको उपाधि पाएका थिए । लगातर तीन पटक हेभिवेट बक्सिङको उपाधि जित्ने उनी नै थिए । त्यसैले उनले द ग्रटेष्ट भन्ने उपनाम समेत पाएका थिए । सन् १९८१ मा सन्यास घोषणा गर्दासम्ममा उनले ६१ खेल खेलेकोमा ५६ मा जित हासिल गरेका थिए ।

Please follow and like us:

Comments