काठमाडौं । गिनिज वुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेको भन्दा सानो अण्डा आफनो कुखुरीले पारेको अर्घाखाचीका कृषक हरिप्रसाद अधिकारीले दावी गरेका छन् । उनले गिनिज वुकमा रेकर्ड राख्ने प्रक्रिया पनि सुरु गरेका छन् ।

संसारमा रहेको कुखुरीको सबैभन्दा सानो अण्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । अगष्ट ९, सन् २०११ मा मापन गरिएको उक्त अण्डाको नाप ०.८२६८ ईन्च अर्थात २.१ सेन्टीमिटर रहेको छ । तर अर्घाखाची शान्तिवगैचाका स्थायी वासिन्दा अधिकारीले भने आफनो कुखुरीले उक्त नाप भन्दा सानो अण्डा पारेको दावी गरेका हुन् । उनीसँग रहेको अण्डाको सामान्य नाप १.८५ सेन्टिमिटर मात्र रहेको उनको दावी छ ।

कृषक अधिकारीले जिल्ला पशु सेवा कार्यलय अर्घाखाची मार्फत गिनिज वुकमा रेकर्डका लागि पहल थालेका छन् । जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीले लाइभष्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकड्र्समा दर्ताका लागि पहल गर्न पत्र लेखेपछि अधिकारीको दावी माथि प्रमाणीकरण कार्य आरम्भ भएको छ ।

Comments

comments