मेलबर्न । नाच्न सबैलाई मन पर्छ । झन् अहिले त विभिन्न पार्टी,समारोह वा गेट टुगेदर हुँदा म्यूजिक बजाएर नाच्नु अनिवार्य जस्तै बनिसकेको छ ।

त्यसैले नाचका केही आधारभूत कुराहरु र स्टेपहरु थाहा भयो भने त्यस्ता कार्यक्रमहरुमा सहभागी हुन अझ आत्मबल वृद्धि हुन्छ । यही कुरालाई ध्यानमा राखी नाच्न मन भएकाहरुका लागि मेलबर्नमा फेरि निशुल्क जुम्बा डान्स सेमीनार हुँदैछ । द म्याजिक क्रिउले यही शनिवार अर्थात जुन ४ तारिखमा जुम्बा डान्स सिक्न चाहनेहरुका लागि निशुल्क कक्षा र सेमीनारको आयोजना गर्न लागेको हो ।

उक्त सेमीनारमा जुम्बा डान्सका बारेमा आधारभूत ज्ञान र टेक्निकहरु सिकाइनेछ । नाच्न मन भएर पनि आत्विश्वास नहुनेहरुका लागि आत्मविश्वास बढाउँन यो सेमीनार फलदायी हुने आयोजकको विश्वास छ । भिक्टोरियन नेपाली समुदायमा डान्सप्रतिको लगाव र क्रेजलाई मध्यनजर राख्दै हरेक महिनाको पहिलो हप्ता निशुल्क डान्स सेमीनार गर्दै जाने उदेश्य अनुसार दोस्रोपटक यही आउँदो शनिवार डान्स सेमीनार गर्न लागिएको हो ।

द म्याजिक क्रिउको यो अभियानमा हेरिटेज ट्राभल्स एण्ड टुर्सले प्रायोजन गरिदिएर आयोजकको अझ हौसला थपिदिने काम गरेको छ ।

वर्कशपमा सहभागी हुनेहरुले एक घण्टासम्म निशुल्क जुम्बा र फ्रिस्टाइल डान्सबारे आधारभूत ज्ञानहरु प्राप्त गर्न सक्नेछन् । वर्कशप साँझ ६ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

Comments

comments