काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाको समीक्षा र खुलामञ्चको रिले अनशनका विषयमा छलफल गर्न मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनको सचिवालयको बैठक बस्दैछ ।

काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा रिले अनशनका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

खुलामञ्चमा हुने रिले अनशन जेठ २५ गतेदेखि शुरु हुनेछ । त्यसैको तयारी र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा सचिवालयको बैठकमा छलफल हुने गठबन्धन निकट स्रोतले जनाएको छ ।

उनका अनुसार बैठकमा पोखरा र वीरगञ्जको आमसभाका विषयमा पनि समीक्षा हुनेछ ।

संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले जेठ २५ गतेदेखि खुला मञ्चमा रिले अनशन गर्दैछ । त्यसको तयारीमा गठबन्धन जुटेको छ ।

Comments

comments