मेलबर्न । विदेश जाने योजना बनाउँने नेपालीहरुको टप थ्री गन्तव्यमा पर्छ अष्ट्रेलिया । कङ्गारुको देश अष्ट्रेलियामा विभिन्न भिसा र स्टाटस लिएर आउँने नेपालीहरुको संख्या पनि बढ्दो छ ।

सन् २००० भन्दा अगाडि सीमित संख्यामा मात्र नेपाली भेटिने अष्ट्रेलियामा अहिले सबै राज्यहरुमा नेपालीको उल्लेख्य संख्या भैसकेको छ । विद्यार्थी र विजनेश भिसामा आउँने मात्र होइन यहीको पिआर वा नागरिकता लिएर बसेका नेपालीहरुको संख्या पनि थोरै छैन । विभिन्न क्षेत्रमा नेपालीहरुको लगानी र संलग्नता समेत बढेको छ ।

नेपालीहरुलाई अष्ट्रेलियाले यसरी आकर्षित गर्नुमा यहाँको बहु सांस्कृतिक पक्ष प्रमुख कारण मानिन्छ । सबै मुलुक,सबै भषा,वर्ण र सबै धर्मलाई राज्यको नीतिबाटै समान व्यवहार यहाँको सबैभन्दा प्रमुख विशेषता हो । यसै गरि यहाँका कलजेहरुमा हुने अध्यापनको स्तर उम्दा भएर पनि नेपालीले आँट्न सक्ने शुल्क व्यवस्था भएकोले विद्यार्थी भिसामा आउँनेहरु बढेका छन् ।

यसका साथै नेपालीहरु अष्ट्रेलियाप्रति आकर्षित हुनुको अर्को प्रमुख कारण यहाँ पाउँने काम र त्यसबाट हुने आम्दानी हो । अष्ट्रेलियामा नेपालीहरुले कति कमाउँछन् भन्ने यकिन तथ्यांक नभए पनि सन् २०११ मा भएको यहाँको जनगणनाको तथ्यांक नै यसका लागि काफी हुन्छ । सन् २०११ को उक्त जन गणनामा नेपालमा जन्मेर अष्ट्रेलिया आएका १६ वर्ष भन्दा माथिका नेपालीहरुले अष्ट्रेलियामा गर्ने आम्दानीबारे उल्लेख गरेको छ ।

उक्त तथ्यांक अनुसार नेपालीहरुको प्रति व्यक्ति साप्ताहिक आम्दानी ४८५ डलर रहेको उल्लेख गरेको थियो । यो बढेर अहिले झण्डै ५० हजार नेपाली रुपैयाँ पुगेको हालैको एक सर्वेक्षणले देखाएको छ । अर्थात औसतमा यहाँका नेपालीहरुले हप्तामा ५० हजार नेपाली रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

यद्यपि यहाँको आम्दानीको अनुपातमा खर्च पनि बढी नै हुने गर्दछ । विदेशीहरुको संख्या बढेसँगै यहाँ पनि अहिले विस्तारै भनेको समयमा खोजे जस्तो काम पाउँन मुस्किल पर्दै गएको छ ।

Comments

comments