मेलबर्न । एउटा सांस्कृतिक कार्यक्रमका लागि अष्ट्रेलिया आएकी अहिलेकी व्यस्त नेपाली नायिका प्रियंका कार्कीलाई अष्ट्रेलियामा मस्ती गर्दै गरेको अवस्थामा भेटिएकी छिन् ।

नायिका प्रियंका कार्की अहिले अष्ट्रेलियाको समुन्द्री किनारमा रमाउँदै मस्ती गर्नमा व्यस्त भएकी हुन् । यसको खुलासा समेत उनी आफैंले गरेकी हुन् । समुद्रमा मस्ती गर्दै गरेको तस्वीरहरु उनले सामाजिक सञ्जालहरुमा अपलोड गरेकी छिन् । आफूलाई समुन्द्र र त्यसमा देखिने पानीको निलो रङ असाध्यै मन पर्ने उनी बताउँछिन् ।

कार्यक्रमवाट फुर्सद पाएपछि त्यही रहेका नेपाली साथीहरुसहित उनी समुन्द्र किनारमा पुगेर मस्ती गरेकी हुन् ।

प्रियंकाले सिड्नीमा आयोजित सांस्कृतिक कार्यक्रममा केही गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । केहि दिनको अष्ट्रेलिया बसाईपछि उनी नेपाल फर्किने योजनामा छिन् ।

Comments

comments