दासत्व उत्पिडन तथा विभेद सहन बाध्य वैदेशिक रोजगारमा जाने नेपाली कामदारको हक हितका निम्ति एनआरएनले आवाज उठाउने भएको छ | जसको सुरुवात विश्वचर्चित वाक फ्रि फाउन्डेशनसँग सहकार्यमा हुन लागेको एनआरएन  केन्द्रिय अध्यक्ष शेष घलेले बताउनु भएको हो |

 विश्वमा २९ करोड ८ लाख मानिस दासत्व स्विकार्न बाध्य रहेको वाक फ्रि फाउन्डेशनको तथ्यांकले देखाउँछ । पश्चिम अष्ट्रेलियाका एन्ड्रयू फरेस्टले खोलेको यस संस्थाले यसअघि पनि मानव वेचबिखन तथा दासत्वका विषयमा आवाज उठाउँदै आएको छ ।  वाक फ्रि फाउन्डेशन आधूनिक दासत्व अन्त्यका लागि खोलिएको संस्था को रुपमा परिचित छ | यस फाउन्डेसनले गरेको सन् २०१३ को सर्वेक्षणले १६२ देशमा हुने गरेका दासत्वको मापन गरेको थियो | फाउन्डेसनल एसर्वाजनिक गरेको स्लेभरी इन्डेक्समा   प्राथमिकतामा परेका १६ देश भित्र नेपाल पनि छ ।

 वाक फ्रि फाउन्डेशन सँग सम्झौता गरेपछि  अध्यक्ष शेष घलेले  अष्ट्रेलियाको मेलबर्नमा रहेका नेपाली सञ्चारमाध्यम तथा समाजिक अगुवाहरु सामु एन आर एन ए ले  प्रथमिकतमा राखेको एन आर एन टास्क फोर्स अन्तर्गतको बैदेसिक रोजगार कल्याणकारी कोषले उक्त संस्था सँग मिलेर काम गर्ने बताउनु भयो |  सम्झौतापत्रमा हस्ताक्षर गरेपछि घलेले टेलिफोनमार्फत  वाक  फ्रिका प्रतिनिधिसँग कुराकानी गर्दै प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउनु ज्यादै खुसीको विषय रहेको बताउनु भएको थियो । घलेसँगको वार्ताका क्रममा वाक फ्रिका प्रतिनिधिले एनआरएनएसँगको सहकार्यले नेपालीको समस्या समाधान हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

खाडी राष्ट्रहरु साउदी अरब, कतार, दुवई लगायत अन्य क्षेत्रमा  नेपालीहरु उत्पिडनमा परेका खबर आइरहेका बेला एनआरएनको सक्रियतामा भएको यो सम्झौता अर्थपूर्ण रुपमा लिइएको छ  ।

Comments

comments