काठमाडौँ । सरकारले पेश गरेको वार्षिक बजेट संसदीय मूल्य मान्यता विपरित सदनमा पेश गर्नु अगाडि नै सूचना बाहिर चुहाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको बैठक अबरोध गरेको छ।

सभामुख ओनसरी घर्तिमगरले सोमबारको बैठक शुरुगर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मोर्चाका सांसदहरुले उभिएर विरोध जनाएका थिए।

त्यसपछि सभामुख कांग्रेस सांसद रामशरण महतलाई बोल्न समय दिइन्।

महत सरकारले सदनमा पेश गरेको बजेट अर्थमन्त्रीले सदनमा पेश गर्नु पहिले नै बाहिर ल्याएर संसदको विशेषाधिकार माथि मानहानी भएको भन्दै त्यसको निष्पक्ष छानबिन नभएसम्म सदनको कारबाही अघि नबढाउन माग गर्दै सदन अबरोध गरेका हुन्।

रामशरण महतले केही महत्वपूर्ण विषयमा कुरा गर्न लागेको भन्दै उनले जेठ १५ गते अर्थमन्त्रीको बजेट भाषण सुनेको बताए।

उनले बजेट अत्यन्त गोपनियताका साथ तयार गरिने र अर्थ मन्त्रालयका सबै शाखा बन्द गरी सदनमा पेश गर्नुअघि आधा घण्टा अघि मात्रै मन्त्रिपरिषदमा सक्षिप्त जानकारी दिने गरिन्छ।

त्यो भन्दा अघि अर्थमन्त्रीले कसैलाई जानकारी दिँदैन। बजेट सम्बन्धी जानकारी पाउने पहिलो थलो संसद भए पनि अर्थमन्त्री पौडेलले सदनमा दुई घण्टा बढी समय लगाएर पढेको बजेट एक दिन अगाडि नै बजेटको आँकडा एक पत्रिकामा सार्वजनिक भएको थियो।

पत्रिकामा प्रकाशित समाचारको विवरण पढेर सदनमा सुनाउँदै महतले जस्ताको तस्तै बजेटको समाचार आएको बताए।

यसअघि पनि यस्तै प्रकारले बजेट लिक भएपछि त्यसको छानविन भएको बताए।

Comments