मेलबर्न । नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको भिक्टोरिया राज्य अधिबेशन मेलबर्नमा यसै साता सम्पन्न भएको छ ।

गत मे २८ शनिबारको दिन भएको अधिवेशनले गौतम लामिछानेको अध्यक्षतामा २१ सदस्यीय राज्य समिति समेत गठन गरेको छ । जसमा अनन्त पौडेल–उपाअध्यक्ष,लोकराज पौडेल–सचिव,बिक्रम शर्मा–कोषाध्यक्ष चुनिएका छन् । यस्तै सदस्यहरुमा जी.शिवाकोटी,गोविन्द गैरे,मायाप्रसाद सुवाल, बिनोद पौडेल,सिद्दार्थ मरासिनी,हरि श्रेष्ठ,माधव अधिकारी,कमलराज बिनाडि,मिलन ज्ञवाली,सन्तोष पराजुली ,श्याम पौडेल,अन्जनी दाहाल,माधव भट्ट चुनिएका छन् ।
बाँकी ४ सदस्य मनोनयन गर्न बाँकी रहेको बताइएको छ ।

अधिवेशन नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डव कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Comments

comments