काठमाडौं । दुई दशक लामो अभिनय यात्रापछि निर्देशनमा डेब्यु गरेकी दीपाश्री निरौलाको निर्माणाधीन चलचित्र छक्कापञ्जाको गीत रिलिज गरिएको छ ।

हाल प्राविधिक कार्य भइरहेको यो चलचित्रको पूर्व पश्चिम रेल बोलको गीतको भिडियो शनिवार सञ्चारमाध्यम र युट्युव मार्फत एकैपटक सार्वजनिक गरिएको हो । लोक लयको यो गीतमा अञ्जु पन्त र राजनराज शिवाकोटीको स्वर रहेको छ । यसका शब्द र संगीत पनि शिवाकोटीकै छ । चलचित्र निर्माण पक्षले यो गीतलाई यस अघिको वडा नम्बर ६ चलचित्रको सुर्के थैली खै बोलको गीतकै शैलीमा प्रस्तुत गरिएको जनाएको छ ।

यो गीतको भिडियोलाई मल्टी स्टारर बनाइएको छ । त्यसैले यसमा चलचित्रका सबै कलाकारहरुलाई देख्न सकिन्छ । यो चलचित्रमा दीपकराज गिरि,प्रियंका कार्की,नम्रता सापकोटा,वर्षा शिवाकोटी,जितु नेपाल,केदार घिमिरे,बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

गीतमा कविराज गहतको कोरियाग्राफी र पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको छ ।

Comments

comments