मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा शनिवार राष्ट्रवादी समूह र रंगभेदी समूहबीच झडप भएको छ ।

प्रधानमन्त्री माल्कम टर्नबुलले रंगभेद अन्त्य गर्न कार्य अझै प्रगति उन्मुख चरणमै रहेको भनाइ आएपछि शनिवार भएको प्रदर्शनमा उक्त झडप भएको हो । झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले पेपर स्प्रेको प्रयोग गरेको थियो ।

द युनाइटेड प्याट्रियोट्स फ्रन्ट पार्टीले स्टप द फार लेफ्ट नामक र्याली आयोजना गरेको थियो । शनिवार नै रंगभेदका विपक्षी समूहले पनि मेलबर्नमा मोरल्याण्ड सेज नो टु रेसिजम नामक ब्यानर सहितको र्याली निकालेको थियो ।

अष्ट्रेलियाका मुस्लिम युवाहरु विद्रोही संगठन आएसबाट प्रभावित बन्न थालेको प्रति सरकारको चिन्ता बढेको छ । हातमा अष्ट्रेलियाको झण्डा बोका राष्ट्रवादी समूहका सहभागीहरुले विपक्षी समूहमाथि आक्रमण गरेको फुटेजहरु टेलिभिजनहरुले प्रसारण गरेका छन् । आक्रमणकारीहरुले कालो लुगा र मास्क लगाएका थिए । आक्रमणकारीहरुको आक्रमणबाट रंगभेद विरुद्ध समूहका दुई जना गम्भीर घाइते भएका छन् ।

Please follow and like us:

Comments