काठमाडौँ । नेपाल सरकारले बुद्ध नेपालमै जन्मेको प्रमाणित गर्न अन्ततः सफल भएको दाबी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धजयन्तीका अवसरमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी र बुद्धजयन्ती समारोहबाट नेपालको लुम्बिनी गौतमबुद्धको जन्म, कर्म र बुद्धदर्शनको मुहान भएको संसारमा प्रमाणित गर्न सफल भएको दाबी गर्नुभएको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनले शुक्रबार आयोजना गरेको ‘पर्यटन विशेषाङ्क’ सार्वजनिक कार्यक्रममा उहाँले नेपालको प्रत्येक स्थान पर्यटकीय गन्तव्य भएको बताउँनुभयो ।

मन्त्री पोखरेलले पर्यटन क्षेत्रको विकाश गर्न सकेमा नेपालीको समृद्धिका लागि स्थानीय धार्मिक, सांस्कृतिक र प्राकृतिक सुन्दरता नै पर्याप्त भएको स्पष्ट पार्नुभयो ।

Please follow and like us:

Comments