काठमाडौं । देशको मूख्य प्रशासनिक केन्द्र सिंहदरवारमा एकपछि अर्को पटक गर्दै रातो रंग छ्याप्ने ईशान नामक एक युवा रातारात यतिखेर चर्चामा आएको छ । उनी को हुन्,उनले किन सिंहदरवारमै रातो रंग छ्याप्दै छन् ? भन्ने प्रष्ट नभए पनि उनको अभियानलाई पछ्याउँने युवाहरुको संख्या भने बढेका छन् ।

Ishan-more-6ईशानले शुरू गरेको अभियानमा साथ दिन युवाहरू सडकमा उत्रिएका छन् । युवाहरूको एक समुहले बिहीबार अपरान्ह ईशानको अभियानलाई पछ्याउँदै सिंहदरबारमा फेरि रातो छर्किएका छन् । रातो छर्किने ४ युवालाई प्रहरीले पक्राउ गरेका छन् । यस अघि ईशान र पत्रकार शेषनारायण झा सिंहदरबारमा रातो छर्किएपछि पक्राउ परेका थिए । उनिहरूलाई नै पछ्उँदै उनीहरूको अभियानमा साथ दिन युवाहरू सिंहदरबार पुगेका थिए ।

Ishan-more-2ईशानले रातो छर्किएपछि रंगिएको सिंहदरबार फेरी सेतो रंग लगाएर चिटिक्क र चम्किलो पारिएको थियो । रंग छर्कने ईशान हिरासतमै थिए । तर अचानक केहि होली खेलेका जस्ता युवा सिंहदरबारको गेटमा झुल्किए अनि अचानक भर्खरै सेतो पोतेको सिंहदरबारमा रातो पोत्न थाले । रातो पोतेपछि पनि उनिहरू भागेनन् । उनिहरूले ईशानको समर्थन गर्दै आफुहरू गिरफ्तार हुन आएको बताए र गिरफ्तारी दिए । अहिले चारै जना युवा प्रहरीको हिरासतमा छन् । ईशान र उनीसँगै पक्राउ परेका शेषनारायण झा भने रिहा भइसकेका छन् । चार युवाको गिरफ्तारी पछि प्रतिकृया दिँदै ईशानले भनेका छन्, दुईबाट चार भए अब ४० हुन्छन् ।

Ishan-Hetaundaउता हेटौडामा पनि ईशानको समर्थनमा युवाहरू सडकमा उत्रिएका छन् । हेटौडाको बुद्ध चोकमा भेला भएका युवाहरूले आइ एम विथ इशान लेखेको ब्यानर बोकेर ईशानको समर्थन गरेका हुन् । उनीहरूले चोकमा बिहीबार बेलुकी ६ बजेदेखी ६ बजेर ३० मिनेट सम्म प्रदर्शन गरेका थिए ।

Comments