मेलबर्न । सत्य कथामा आधारित नेपाली कथानक चलचित्र रोल्पा रोग भिक्टोरियामा प्रदर्शन हुने भएको छ ।

दीपक वलीको लेखन तथा निर्देशन रहेको रोल्पा रोगलाई हिमाली कल्चर ग्रुपले मेलबर्नवासी नेपाली दर्शकहरुबीच प्रदर्शनको व्यवस्था मिलाएको हो । सपनाको खेतीमा रमाउँने तीन जना युवा दौंतरीहरुको जीवनमा अचानक आइपरेको वर्वादीको कथालाई रोल्पा रोगले मूख्य विषय बनाएको छ । राजनीतिक पृष्ठभूमीमा युवाहरुलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र आगामी जुन १२ तारिख आइतवार इष्टोनियन हाउसमा साँझ ६ बजे प्रदर्शन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

rolpa

चलचित्र प्रदर्शनको साथमा स्थानीय कलाकारहरुको प्रत्यक्ष नृत्य र दोहोरी गायन समेत रहने बताइएको छ । हिमालयन कङ्गारुले मिडिया पार्टनरको रुपमा सहकार्य गर्दैछ ।

Comments

comments