मेलबर्न । अष्ट्रेलियाकी चर्चित गायिका काइली मिनोगले आफ्नो विवाह नेपालमा धार्मिक रुपमा गर्ने योजना सार्वजनिक गरेकी छिन् ।

२८ वर्षीया यी गायिका हाल ४७ वर्षीय अर्का गायक जोशुअ सस्सेसग प्रेम सम्बन्धमा छिन् । उनीहरु यसै वर्ष विवाह गर्ने तयारीमा समेत रहेको बताइएको छ । एक मनोरञ्जन अनलाइनका अनुसार काइली र जोसुअ आफ्नो वैवाहिक समारोहलाई भव्य र पृथक कसरी बनाउँने भन्ने योजनामा छन् । त्यही क्रममा जोसुअको रोजाइमा नेपाल परेको काइलीले खुलाएकी छिन् । मेरो रोजाइ सिड्नी भए पनि जोसुअ आफूले बाल्यकाल विताएको नेपालमा धार्मिक विधि अनुसार हाम्रो विवाह होस् भन्ने चाहन्छ । काइलीले बताएकी छिन् ।

गायक जोसुअका पिता नेपालमा कार्यरत रहेकोले उनको बाल्यकाल काठमाडौंमै वितेको बताइएको छ । उनको पिताको निधन ललितपुरको भट्टे डाँडामा भएको विमान दुर्घट्नामा परि भएको थियो । सन् १९९२ को सेप्टेम्वर २८ मा भएको उक्त दुर्घट्नामा १६७ जनाले ज्यान गुमाएका थिए । जोसुअका पिता त्यतिखेर गोर्खा रेजिमेन्टमा अफिसरका रुपमा कार्यरत थिए ।

बेलायतका चर्चित अभिनेता समेत रहेका जोसुअ र अष्ट्रेलियाकी युवा पुस्ताकी लोकप्रिय गायिका काइली गत फेब्रुअरीदेखि रिलेसनमा छन् । उनीहरु चाँडै विवाह गर्ने योजनामा रहेको अनलाइनले जनाएको छ ।

Please follow and like us:

Comments