मेलबर्न । विगत नौ वर्षदेखि अष्ट्रेलियामा रहँदै आएकी गायिका तथा मोडेल स्मृति पोखरेलको नेपाली सांगीतिक क्षेत्रमा सक्रियता निकै बढ्दो छ ।

संगीत क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै श्रोता र दर्शकको आँखामा पर्न सफल भएकी गायिका स्मृतिको नयाँ म्यूजिक भिडियो भर्खरै सार्वजनिक भएको छ । उनको पछिल्लो एल्बम पपस्टारमा रहेको गीत “तिम्रो र मेरो कहानी मस्त मेरो जवानी” को म्युजिक भिडियो भर्खरै रिलिज गरिएको हो ।

उक्त गीतको म्यूजिक भिडियोमा डीबी तामाङसँग स्मृति पोखरेल आफैंले मोडेलको भूमिका निभाएकी छिन् । म्युजिक भिडियोमा पासाङ योञ्जन लामाको निर्देशन, अर्जुन तिवारीको छायङकन तथा निशान घिमिरेको सम्पादन रहेको छ । यस गीतमा शब्द तथा संगीत संजित श्रेष्ठको छ ।

Comments

comments