बैतडी । बैतडीको कुलाउँमा बाढीले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । कुलाउँ–४ गुङरीका ३५ वर्षकी कलावती साउदको बाढीले घर भत्काउँदा पुरिएर ज्यान गएको हो ।

बुधबार बेलुका आएको बाढी घर भित्र पस्दा घर भत्केको र घरको छतले च्यापिएर कलावतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका सई धर्मानन्द भट्टले जानकारी दिनुभयो ।

Comments