मेलबर्न । अष्ट्रेलियाबाट फेरी अर्को नेपाली चलचित्र निर्माण हुने भएको छ ।

रिलिजको तयारीमा रहेको जंगबहादुरको कोट नामक चलचित्र निर्माण गरेको खड्का एण्ड सन्सको व्यानरमा दोस्रो नेपाली चलचित्र बन्न लागेको हो । यो निर्माणाधीन चलचित्रको निर्देशन भने जीवन रसाईलीको गर्ने भएका छन् । उनी हाल

अष्ट्रेलियामा नेपाली गीतको म्यूजिक भिडियो निर्माणमा सक्रिय छन् । निर्माणाधीन चलचित्रको नाम भने गोप्य राखिएको छ । ८० प्रतिशत छायांकन अष्ट्रेलियामा र बाँकी २० प्रतिशत नेपालमा गर्ने लक्ष्य राखिएको यो चलचित्रका हाल स्क्रिप्ट लेख्ने काम भैरहेको छ । निर्देशक रसाइलीको यो चौथो चलचित्र हुनेछ । यो चलचित्रबाट उनी निकै आशावादी देखिएका छन् ।

चलचित्रका लागि एक महिनाभित्रै नेपाल र अष्ट्रेलियामा कलाकार छनौटका लागि अडिसनको काम शुरु गर्ने निर्माण पक्षको योजना छ ।

Comments