काठमाडौ । नेकपा एमालेले वल्खुस्थित पार्टी मूख्यालयको भवन भत्काउँने भएको छ ।

विनासकारी भूकम्पले क्षतिग्रस्त क्षतिग्रस्त पार्टी कार्यलय ब्यवस्थापन गर्न बनाएको कार्यदलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी सचिवालय सचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा गठित कार्यदलको बैठकले क्षति भएको केन्द्रीय कार्यालयको प्राविधिक प्रतिवेदन तयार गर्न गठित प्राविधिक टोलीको प्रतिवेदनमा छलफल गरी बल्खु स्थित पार्टी केन्द्रीय कार्यालयको मुख्य भवन भत्काउने निर्णय गरेको हो । साथै त्यसको सामाग्री समेत लैजाने गरी इच्छुक कम्पनी/संस्था/व्यक्तिहरुलाई सार्वजनिक आव्हान गर्ने निर्णय पनि गरेकोछ ।

बैठकले यसका लागि ०७३ जेठ १६ गते साँझ ५ बजे सम्म आफ्नो वोलकवोल सहितको आशयपत्र हालको केन्द्रीय कार्यालय धुम्बाराहीमा बुझाउन समेत सार्वजनिक सूचना समेत जारी गरेको छ ।

सचिव ज्ञवाली संयोजक रहेको कार्यदलमा सचिव योगेश भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र लेखा प्रमुख खेमराज पौडेल सदस्य रहेका छन् ।

Comments