मेलबर्न । नेपाली राजनीतिका बिर्सनै नसकिने पात्र जंगबहादुर राणाको उदयको पृष्ठभुमीमा आधारित नेपाली चलचित्र जंगे मेलबर्नमा प्रदर्शन हुने भएको छ । ऐतिहासिक कथावस्तु भए पनि यो आधुनिक परिवेशको चलचित्र हो ।

चलचित्र जंगे मे ३० तारिखका दिन मेलबर्नमा प्रदर्शन हुने भएको छ । साथी इन्टरटेन्टमेन्ट र स्मार्ट एक्सेसले मेलबर्नमा प्रदर्शन गर्न लागेको चलचित्र जंगेलाई चाईना टाउन सिनेमा हलमा साँझ ६ः३० बजेबाट प्रदर्शन गर्ने व्यवस्था मिलाइएको संस्थाका विभूषण जोशीले जानकारी दिएका छन् । वीरगञ्जमा सम्पूर्ण छायाँकन गरिएको चलचित्रमा जंगबहादुरको जीवनीका महत्वपूर्ण घटनाक्रमहरुलाई आधुनिक समयमा देखाइएको छ ।

उत्कल थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई आइडियाज एण्ड इमेजेजको ब्यानरमा सुशन प्रजापति र उत्कल थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । वीरगञ्जका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा नायक सुरज सिंह ठकुरी शीर्ष भूमिकामा छन् ।

सुवास कोइरालाको पटकथा तथा संवाद रहेको चलचित्रमा सुसन प्रजापतिकै छायांकन, उज्वल ढकालको सम्पादन छ । चलचित्रमा ऋचा शर्मा, शिखा शाही,अनुप बराल र नरेश पौडेल लगायतको पनि प्रमुख भूमिका छ ।

junge

Comments

comments