मेलबर्न । अष्ट्रेलियामा बस्दै आएका नेपाली युवा राजीव भूसाल अमेरिकाबाट प्रशारण हुने एक टेलिभिजन सिरियलमा देखिने भएका छन् । उनी उक्त सिरियलको मुख्य भुमिकामा देखिनेछन् ।

अर्घाखाँचीमा जन्मिएका युवा राजीव भूसाल अमेरिकाबाट प्रशारण हुने कमेडी लभ स्टोरी ‘डेटिङ विथ कोरी’ मा अनुबन्धित भएका हुन् । हाल उनी उक्त सिररियलमा अभिनय गरिरहेका छन् । १२ भागसम्म प्रशारण हुने उक्त टेलिचलचित्रमा उनका साथै अष्ट्रेलियाली कलाकारहरु बेक ग्लासकोक र क्या स्टेवार्ड, अमेरिकन कलाकार मउरिस स्कट र क्यानाडियन कलाकार टोरी ब्राउनिन पनि अभिनय गरिरहेका छन् ।

सिड्नीमा रहेर कलाकारिता अध्ययन समेत गरिरहेका भुसालले यसले आफूलाई नेपाली र अंग्रेजी दुबै क्षेत्रको कलाकारितामा बाटो खुल्ला गर्ने आशा जगाएको बताए ।

यो सिरियलको अहिले अष्ट्रेलियामा धमाधम सुटिङ भइरहेको छ भने बाँकी सुटिङ अमेरिकाको लस एन्जल्समा हुनेछ । यसमा जेम्स प्राटको निर्देशन रहेको भूसालले बताए । उक्त सिरियलको मुख्य भुमिकामा बिदेशबाट आएको एउटा लभर ब्वायको भुमिकामा भूसालले अभिनय गरिरहेका छन् । उनले यसअघि केही म्युजिक भिडियोका साथै केही अंग्रेजी छोटो चलचित्रहरुमा अभिनय गरिसकेका छन् । यस्तै अष्ट्रेलियामा बनेको डकुमेन्ट्री ‘मेक अ विस अष्ट्रेलिया’ मा पनि उनको अभिनय छ । उनी अहिले एक्टर सेन्टर अष्ट्रेलियामा थिएटर एक्टिङको अध्ययन गरिरहेका छन् ।

उनी विद्यार्थीका रुपमा करिब ८ बर्षअघि अष्ट्रेलिया आएका थिए ।

Comments