भाेपाल । भारतमा एउटा सिनेमा अाएकाे थियाे, अाे मार्इ गड, त्यस सिनेमामा भगवान विरूद्ध मुद्दा हालिएकाे थियाे । भारतकाे मध्यप्रदेशमा एउटा यस्तै घटना भएकाे छ । मध्य प्रदेशकाे शाजापूरका एक युवकले सूर्य भगवान विरूद्ध अभियाेग दायर गरेका छन् । उनले सूर्यकाे तापबाट पीडित ब्यक्तिकाे रूपमा सूर्य भगवान विरूद्ध मुद्दा दायर गरेका हुन् ।

Surya-1शिवपाल सिंह नाम गरेका ती ब्यक्तिले शाजापूर थानामा सूर्य विरूद्ध अभियाेग दायर गरेका हुन् । उनले दायर अभियाेगमा विगत केही साता देखि सूर्यकाे बढ्दाे तापका कारण अाफू मानसिक र शारीरिक रूपले कष्ट भाेग्न बाध्य भएकाे भन्दै सूर्य विरूद्ध कारवाहीकाे माग गरेका छन् । उनले अाफू लगायत धेरैलार्इ कष्ट पुर्याउन जिम्मेवार सूर्य नारायणलार्इ भारतकाे संविधान अनुसार कारवाही गर्न माग गरेका छन् ।

अभियाेग पत्रमा शिवपालले लेखेका छन्, विगत एक सातादेखि श्रीमान् सूर्य नारायणले सारा हद पार गरिसकेका छन् । उनकाे कारणले अाम मानिसलार्इ जिउन मुश्किल भइसकेकाे छ । बाेल्न नसक्ने पशु पंछी देखि लिएर बाेट बिरूवा समेत अनाहकमा जलेर नष्ट हुने अवस्थामा पुगेका छन् । त्यसैले भारतकाे संविधानकाे दण्ड प्रकृया संहिता १९७३ काे धारा १५४ बमाेजिम श्रीमान् सूर्य नारायण विरूद्द कारवाही हाेस् भनी उनले माग गरका छन् ।

शिवपालले दायर गरेकाे अाराेप पत्र यस्तो छ :Surya-2

 

Comments

comments