काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज विहान बसेको बैठकमा मधेसी मोर्चा उपस्थित नभएपछि सामान्य छलफल मात्रै भएको कानूनमन्त्री अग्नी खरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘मधेसी मोर्चालाई पनि बोलाएका थियौं । मधेसका समस्याहरुका छलफल गरेर टुग्याउ भनेका थियौं । तर, उहाँहरु आउनुभएन् । प्रमुख प्रतिपक्षी कँंग्रेस र एमाओवादी लगायत अन्य दलसँग मुलुकको वर्तमान परिस्थिती, मधेसको समस्या समाधान, संविधान कार्यान्वयनका विषयमा सामान्य छलफल भयो । अब अर्काे बैठकमा मधेसी मोर्चासहित बसेर छलफल र वार्ता गर्छाैं ।’

उहाँका अनुसार मोर्चा सहभागी नभएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

Please follow and like us:

Comments