एजेन्सीे । ओछ्यानमा उफ्रेको रिसमा उत्तरी अमेरिका टेक्सासमा एक वावुले तीन वर्षीय छोराको गोली हानी हत्या गरेका छन् ।

आफ्नो ओछ्यानमा एकोहोरो उफ्रिन नछोडेको भन्दै एक १८ वर्षीय किशोर बाबुले आफ्नै ३ वर्षीय झट्केलो छोराको गोली हानी हत्या गरेका हुन् । जर्ज कटी वेयम्यान नामक ती किशोरलाई प्रहरीले हत्या अभियोगमा नियन्त्रणमा लिएको छ । उनले टेक्सासस्थित आफ्नै पूख्र्यौली घरमा मंगलवार ती बालकको हत्या गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डोमनिक ट्राजुआन क्यास्ट्रो नामक तीन वर्षीय ती बालकलाई उनका सौतेलो बाबुले टाउकाको पछाडि भागमा गोली हानेका थिए । गोली हानेर गम्भीर घाइते भएका बालकलाई अस्पताल लगे पनि मृत घोषणा गरिएको थियो ।

Please follow and like us:

Comments