एजेन्सी । फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकायले फिफाले कार्यकारी महासचिव मार्कस काट्नरलाई बर्खास्त गरेको छ ।

काट्नरलाई दशौं लाख पाउण्ड अतिरिक्त लाभ अर्थात बोनस रकम लिएको आरोपमा फिफाले बर्खास्त गरेको हो । फिफाले यस विषयमा छानबिन भइरहेको जनाएको छ । भ्रष्टाचार ओरोपमा महासचिव जेरोम वाल्के बर्खास्त भएपछि काट्नरले कार्यकारी महासचिवको जिम्मेवारी पाएका थिए ।

काट्नरले सन् २००३ मा वित्त निर्देशकको रुपमा फिफामा प्रवेश गरेका थिए । उनी सन् २००७ मा फिफाको उपमहासचिव भएका थिए । काट्नरको तलब र बोनस फिफको कमिटिले गरेको सम्झौताकै भाग हो, जनु सार्वजनिक गरिएको छैन ।

फिफाको नयाँ महासचिवको रुपमा भने संयुक्त राष्ट्रसंघकी अधिकारी फातमा सामोउरा नियुक्त भइसकेकी छन् । उनले आउँदो महिनादेखि जिम्मेवारी सम्हाल्ने छिन् ।

Please follow and like us:

Comments