काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मधेसी मोर्चा सहितको संघीय गठबन्धन नजाने भएको छ ।

वार्ताका लागि वातावरण नबनेको र सरकारबाट कुनै पनि प्र्रतिवद्धता नआएकाले बैठकमा नजाने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्तामा नजाने बताउनुभयो । सरकारले पठाएको वार्ताको पत्रलाई पनि आफूहरूले गम्भीरताका साथ नलिएको पनि उहाँले बताउनुभयो । मधेशी मोर्चा वार्ता विरोधी नरहेको तर वातावरण सरकारले नबनाएको आरोप उहाँले लगाउनुभयो । उहाँले प्रधानमन्त्रीको पत्र पनि प्राप्त नभएको बताउनुभयो । तर पत्र गठबन्धनका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीले नै कुरा गरे गठबन्धनमा आवद्ध दलका पार्टी कार्यालय र संसदीय दलको कार्यालयहरुमा पत्र पठाइएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

आजको बैठक र वार्तामा नआए मोर्चा वार्ता विरोधी रहेको सरकार तर्फबाट निस्कर्ष निकालिने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले बताउनुभयो ।

Comments