काठमाडौ। आगामी आन्दोलनका कार्यक्रमका विषयमा संघीय मधेसी गठबन्धनले छलफल गर्ने भएको छ ।

गठबन्धनको सचिवालयको बैठक बिहान बोलाइएको छ । काठमाडौ केन्द्रित आन्दोलनको प्रभाव कमजोर देखिएपछि त्यसको समीक्षासहित थप कार्यक्रम तय गर्न छलफल गर्न लागेको हो । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले अब सरकारलाई दवाब दिन गरिने नयाँ कार्यक्रम तय गर्ने बताउनुभयो । उहाँले सरकारका कारण वार्ता रोकिएकाले आफुहरु प्रतिवद्धता नआई वार्तामा नजाने र आजको छलफल आन्दोलनका विषयमा केन्द्रित हुने बताउनुभयो ।

संघीय गठबन्धनले केही दिनयता काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको छ ।

Please follow and like us:

Comments