काठमाडौँ । जलाशयउुक्त विद्युत आयोजनाका दृष्टिमा मुलुका ७ मध्ये ४ नम्बर प्रदेशमा सबभन्दा धनी र २ नम्बर प्रदेश सबैभन्दा गरिव देखिएको छ।

४ नम्बर प्रदेशमा जलाशययुक्त आयोजनाबाट ८ हजार ८ सय ५८ मेगावाट बिजुली उत्पादन हुनेछ । तल्लो चुरेबाहेक पहाडी भाग नपर्ने तराई मधेसका ८ जिल्ला ओगटेको २ नम्बर प्रदेशमा जलाशययुक्त आयोजनाबाट सबभन्द्या कम २ सय मेगावाट मात्र बिजुली उत्पादन हुनेछ ।

निर्माणाधिन मध्ये १ नम्बर प्रदेशमा १० वटा जलाशययुक्त आयोजनाबाट ७ हजार २ सय ८८ दशमलव ४ मेगावाट, तेस्रो र चौथो धनी प्रदेशमा ७ र ५ नम्बर पर्छन् । ७ नम्बरमा ५ वटा आयोजनाबाट १५ हजार ९ सय ५६ मेगावाट र ५ नम्बर प्रदेशमा ९ वटा आयोजनाबाट १२ हजार ३ सय ९ मेगावाट बिजुली उत्पादन हुनेछ ।

Comments

comments