काठमाडौं । नयाँ शक्ति निकट होटल तथा क्यासिनो मजदुर संगठनले पहिलो निर्वाचनमै शानदार विजय हासिल गरेको छ ।

होटेल सांग्रिलामा शनिबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा अन्य संगठनहरुलाई पराजित गर्दै नयाँ शक्ति निकट नेपाल समाजवादी होटेल तथा क्यासिनो मजदुर संघले विजय हासिल गरेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, नेकपा क्रान्तिकारी मजदुरलगायतका पार्टी निकट मजदुर संगठनहरुसँगको प्रतिस्पर्धामा नयाँ शक्ति निकट मजदुर संघको प्यानलले विजय हासिल गरेको छ । निर्वाचनबाट अध्यक्षमा गोकर्ण अधिकारी, वरिष्ठ उपाध्यक्षमा प्रकाश लम्साल, उपाध्यक्षमा गोपालप्रसाद बराल निर्वाचित हुनुभएको छ ।

विजयी अधिकारीले निकटम प्रतिद्वन्दी एमाओवादीनिकट अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघको उम्मेदवारले भन्दा १९ मत बढी प्राप्त गर्दै विजयी बन्नुभयो । अधिकारीले ६४ मत पाएर विजयी हुनुभएको हो ।

यसैगरी सचिवमा फुर्वा तामाङ, सहसचिवमा दुर्गा तिमल्सिना, कोषाध्यक्षमा गम्भीरजंग राई र सहकोषाध्यक्षमा न्हुच्छे भक्त टुईटुई निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा रामकुमार कार्की, नारायण गिरी, विष्णु राई र रमेश खड्का निर्वाचित भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

यो विजयसँगै नयाँ शक्ति नेपाल पार्टी गठन अगाडि नै निर्वाचनमा आफ्नो बर्चस्व देखाउन सफल भएको नयाँ शक्ति निकट मजदुर नेता तेजलाल कर्णले जानकारी दिनुभयो ।

naya_shakti_majdoor

Comments