काठमाडौं । खेलप्रेमी प्रधानमन्त्रीका रुपमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अब खेलाडीका रुपमा मैदानमा उत्रनुुहने भएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री ११ र मुख्य सचिव ११ बीच हुन लागेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रधानमन्त्री ओलीले पनि खेल्नुहुने भएको हो ।

गणतन्त्रण दिवस मनाउन गठित मूल समारोह समितिले जेठ १६ गते राजधानीको दशरथ रंगशालामा उक्त प्रतियोगिता गर्न लागेको हो ।

प्रधानमन्त्री ११ बाट प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा मन्त्रीहरु र मुख्य सचिव ११ तर्फबाट मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिवहरु खेलमा भिड्दै छन् ।

Comments

comments